समय नराम्रो हुँदा
वाणी रहितले कुरा सुनाएर जान्छ।
घाउ छ भनी थाह पाएर,
पिठ्यु धपधपाएर जान्छ।
बतासको के डर?
आफ्नै भन्नेहरु मजाक उडाएर जान्छ।
सत्यता पनि,
झुट्को मरुभुमिमा सुकेर जान्छ।
खुशीमा भोज खानेहरु,
दु:खमा बाटो काटेर जान्छ।
निरास अनुहार देखेपछि
आँखा तर्काएर जान्छ ।।
स्वार्थि मानिसहरु,
बहुमतको नाममा पेलेर जान्छ।
अल्पमत छ भन्दैमा,
सत्य कहाँ हराएर जान्छ?
एक्लै हुनुको अर्थ
टुटेर हैन,
तिखारिएर जान्छ।
दुनियाको रीत छ यहाँ
बलेको आगो ताप्न जान्छ।
बुझ्नु पर्छ हामीले,
कहिले खरानी पनि काम लाग्छ।।
अन्धभक्तहरुले,
सहिलाई पनि गलत बताउँछ ।
सत्यलाई यथार्थ नमानि,
ब्यक्तिगत स्वार्थमा जान्छ।।
अरुलाई मारमा पार्न,
आफू अनुकुल नियम बनाउँदै जान्छ।
समय खराब छ भनि,
हावा फैलाउँदै जान्छ।
View : 245
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved