Biratnagar, Morang, Nepal
शिक्षा

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएबीच सहकार्य

-
अखवारका कुरा
१५ जेठ २०८३, शुक्रवार

Advertisement

पोखरा । ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेको ब्रिटिश प्रोफेशनल कलेजले आइएफआरएस र एनएफआरएस सम्बन्धी एकाउन्टिङ शिक्षक कार्यशाला आयोजना गर्ने घोषणा गरेको छ ।
काठमाडौँमा प्लाटिनम स्तरको एसीसीए प्रदायकका रूपमा उच्च गुणस्तरीय एसीसीए शिक्षा र विद्यार्थी सफलताका लागि परिचित ग्रुपले एसीसीएसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टरमा आइएफआरएस र एनएफआरएस सम्बन्धी एकाउन्टिङ शिक्षक कार्यशाला आयोजना गर्ने घोषणा गरेको हो ।
कार्यशाला २०२६ जुन ६ मा आयोजना हुनेछ । यसले उच्च माध्यमिक तहका शिक्षकहरूको प्राविधिक क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ ।
विशेषगरी अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड आइएफआरएस र नेपाल वित्तीय प्रतिवेदन मापदण्ड एनएफआरएसका क्षेत्रमा भइरहेको तीव्र परिवर्तनलाई ध्यानमा दिइएको छ ।
प्राविधिक सत्रको नेतृत्व एफसीसीएका लागि बिक्रान्त आचार्यले गर्ने कार्यक्रम रहेको जनाइएको छ । उक्त सत्रमा आइएफआरएस र एनएफआरएस समकालीन एकाउन्टिङ अभ्यास तथा वित्त र व्यावसायिक शिक्षाको नयाँ प्रवृत्तिहरूमा गहिरो छलफल गराउनेछन् ।
कार्यक्रमले शिक्षकहरूबीच नेटवर्किङ र ज्ञान आदानप्रदानको महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । जसले नेपालभर एकाउन्टिङ शिक्षाको गुणस्तर सुधार गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

ब्रिटिश एजुकेशन ग्रुपका प्रोफेशनल एजुकेशन प्रमुख दिपेन्द्र के श्रेष्ठले प्लाटिनम स्तरको प्रदायकका रूपमा बिपीसी र बीइजी व्यावसायिक शिक्षामा नयाँ मापदण्ड स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।
‘यस कार्यशालामार्फत हामी कक्षाकोठाको शिक्षालाई विश्वव्यापी उद्योग मापदण्डसँग जोड्ने प्रयास गर्दैछौं, जसले पोखराका शिक्षकहरूलाई विश्वस्तरीय प्रशिक्षण प्रदान गर्न सक्षम बनाउनेछ,’ उनले भने ।
ब्रिटिश प्रोफेशनल कलेज ब्रिटिश एजुकेशन ग्रुपमा काठमाडौँस्थित द ब्रिटिश कलेजलगायत नेपाल, क्यानडा, बेलायत र यूएईका विभिन्न शैक्षिक संस्थाहरू समावेश छन्।
ब्रिटिश प्रोफेशनल कलेज तथा व्यावसायिक एकाउन्टेन्सी शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी संस्थाका रुपमा मानिन्छ ।

View : 31

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved