।
यद्यपि निर्वाचनमा प्रचण्डको जितपछि उनको राजनीतिक चर्चा फेरि बढ्न थालेको छ । उनको अनुभव, राजनीतिक रणनीति र संगठन निर्माण गर्ने क्षमता अझै पनि नेपाली राजनीतिमा प्रभावशाली देखिन्छ । तर प्रचण्ड पनि बेला–बेला आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन् । त्यसैले नेपाली कम्युनिष्ट पार्टीका लागि पनि प्रश्न उही छ ।
के पार्टीको नाम र संरचना बदल्नु मात्र रूपान्तरण हो, कि पुरानो राजनीतिक संस्कार पनि परिवर्तन हुनुपर्छ ?
जेनजी आन्दोलन भएको एक वर्षपछि नेपालको राजनीतिलाई हेर्दा तीनै ठूला दल फरक–फरक अवस्थामा देखिन्छन् । नेपाली कांग्रेसले नेतृत्व र पुस्तान्तरणको दिशामा केही परिवर्तन देखाएको छ । एमाले भने अझै पनि पुरानो नेतृत्व र पुरानै राजनीतिक शैलीको घेराबाट बाहिर निस्कन संघर्षरत देखिन्छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले एकता र पुनर्संरचनामार्फत नयाँ राजनीतिक शक्ति निर्माण गर्ने प्रयास गरेको छ । तर तीनै दलका अगाडि एउटा साझा चुनौती छ युवाहरूको विश्वास कसरी फर्काउने ?
आजको जेनजी पुस्ता केवल भाषण सुन्न चाहँदैन । उनीहरू परिणाम चाहन्छन् । उनीहरू पारदर्शिता चाहन्छन् । उनीहरू भ्रष्टाचारविरुद्ध वास्तविक कारबाही चाहन्छन् । उनीहरू अवसर चाहन्छन् । र सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरू आफूलाई पुराना नेताहरूको राजनीतिक खेलको दर्शक होइन, देशको भविष्यको निर्णयकर्ता ठान्छन् । जेनजी आन्दोलन भएको एक वर्ष बितिसकेको छ, तर आन्दोलनले उठाएका प्रश्नहरू अझै जीवित छन् । के नेपालका पुराना राजनीतिक दलहरू साँच्चै बदलिएका छन् ? कि केवल अनुहार मात्र फेरिएका
छन् ?
View : 20
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved