विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार विश्वासको मत पाएका छन् ।
दुईतिहाइ मतसहित उनले विश्वासको मत पाएका हुन् । मत विभाजनको प्रक्रियामार्फत मतदान हुँदा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएनन् । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिएनन् । प्रदेशसभा बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।
यसअघि कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए । नेकपा (माओवादी केन्द्र)ले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
कोशीमा ९३ जना प्रदेशसभा सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् ।
सङ्घिय सरकारमा झै कोशी प्रदेशसभा अहिले एमाले र कांग्रेसको सरकार रहेको छ ।
View : 162
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved