काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ईद–उल–अजहा पर्वले मेलमिलाप, एकता, सहकार्य तथा भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
मुस्लिम समुदायको महान् पर्व ईद–उल–अजहा (बकर ईद) को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल जस्तो बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा पर्वहरूले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने बताए ।
सभामुख अर्यालले विभिन्न धर्म, जातजाति र समुदायबीचको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा चाडपर्वहरूले योगदान पु¥याउने बताउँदै विविधताबीचको एकताले राष्ट्रियता र राष्ट्रिय एकताको भावना थप बलियो बनाउने बताए ।
मुस्लिम समुदायको महान् पर्व ईद–उल–अजहा (बकर ईद) २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरे ।
View : 29
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved