रामेछाप । सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्।
सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे ।
भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताउँदै नागरिकले सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउनुपर्ने प्रदेश सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख गरे ।
कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफूले मन्त्रालय सम्हालेपछि अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति, उपकरणको व्यवस्था र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्यसहित स्वास्थ्य पूर्वाधार बिस्तारको काम भइरहेको उनले जनकारी दिए ।
View : 29
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved