तथा परामर्श सेवासम्बन्धी २३ वटा निकायलाई आवश्यक राय–परामर्श प्रदान गरिएको र सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई कार्यान्वयनमा आएको उनले जानकारी दिए ।
सरकारको नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा कात्तिक महिनासम्म १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन् । प्रणाली सञ्चालन तथा बोलपत्र प्रक्रियामा १७ वटा सार्वजनिक निकायलाई प्राविधिक सहायता उपलब्ध गराइएको पनि उनले बताए र
हेलो सरकारमा प्राप्त गुनासोबारे जानकारी दिँदै अर्यालले पछिल्लो अवधिमा ३ हजार ५१ वटा गुनासो प्राप्त भएको र तीमध्ये २ हजार ७५४ वटा फछ्र्योट गरिएको बताए । उनका अनुसार २ हजार ३४९ वटा गुनासो समाधान भएका छन् ।
View : 118
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved