१९ साउन, काठमाडौं ।
कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साँझ ५ बजे बैठक बस्दै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
हिजो आइतबार बोर्डले नतिजाको डेमो परीक्षण गरिसकेको थियो । डेमो प्रक्रिया सफल भएपछि आज साँझ नै नतिजा सार्वजनिक गर्ने निर्णय लिइएको हो ।
"अब सबै तयारी पूरा भएको छ, बैठकपछि नतिजा सार्वजनिक हुन्छ," बोर्ड स्रोतले जनायो ।
नियमित शैक्षिक क्यालेन्डरअनुसार कक्षा १२ को नतिजा साउन १५ भित्र सार्वजनिक हुनुपर्ने हो । तर, यस वर्ष परिस्थिति केही फरक रह्यो ।
शिक्षकहरूको गत चैत २० देखि करिब एक महिनासम्म चलेको आन्दोलनका कारण परीक्षा केही पछि सरेको थियो । यही कारणले नतिजा आउन समय लागेको हो ।
नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूले विभिन्न माध्यमबाट नतिजा हेर्न सक्नेछन् ।
बोर्डले आधिकारिक वेबसाइटसँगै एसएमएस र मोबाइल एपमार्फत पनि नतिजा हेर्ने सुविधा उपलब्ध गराउने जनाएको छ ।
View : 196
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved