Biratnagar, Morang, Nepal
स्थानीय तह

विराटनगरका काशी चुडाल केन्द्रीय प्रचार-प्रसार समितिमा मनोनित

-
अखवारका कुरा
६ फागुन २०८२, बुधवार

Advertisement

विराटनगरका काशी चुडाल केन्द्रीय प्रचार-प्रसार समितिमा मनोनित

काठमाडौं । नेपाली कांग्रेस ले विराटनगरका काशी चुडाललाई आफ्नो केन्द्रीय प्रचार-प्रसार समितिको सदस्यमा मनोनित गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, ललितपुरबाट जारी पत्र अनुसार, चुडाल आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार-प्रसारलाई प्रभावकारी बनाउन जिम्मेवार हुनेछन्।

पत्रमा  पार्टीका उम्मेदवारलाई विजयी बनाउने, समानुपातिक मत वृद्धि गर्ने, र स्थानीय तहसम्म प्रचार प्रसार कार्यक्रम व्यवस्थित र समन्वयित ढंगले सञ्चालन गर्ने काममा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

पार्टी प्रवक्ता तथा केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक देवराज चालिसेले पत्रमा हस्ताक्षर गरी सदस्यहरूलाई जिम्मेवारीसाथ सक्रिय हुन आग्रह गरेका छन्।

विराटनगरका नेता तथा कार्यकर्ताले  काशी चुडालको अनुभव र नेतृत्वले पार्टीको प्रचार-प्रसारलाई थप बलियो बनाउने र  आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरेका छन

चुडालले आफुलाइ पार्टीले दिएको जिम्मेवारीलाई गम्भीरतापुर्वक काङ्ग्रेसका तर्फबाट उमेदवार जिताउने गरि लागेर  पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

View : 174

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved