Biratnagar, Morang, Nepal
खेलकुद

अध्यकक्ष कप नक-आउट फुटबलको उपाधि चौधरी चौकलाई

-
अखवारका कुरा
२३ जेठ २०८३, शनिवार

Advertisement

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा सम्पन्न अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगिताको उपाधि चौधरी चौक युवा क्लब, महेशपुर, मोरङले जितेको छ  ।

शनिबार नडियाटोकको खेल मैदानमा भएको फाइनल खेलमा गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीलाई ३–० गोल अन्तरले पराजित गर्दै चौधरी चौक च्याम्पियन बनेको हो ।

चौधरी चौकलाई उपाधि दिलाउन अनिश राजधामीले दुई तथा सनिस लिम्बुले एक गोल गरे । विजेता चौधरी चौकले ५१ हजार र उपविजेता गोल्डेन स्टारले ३१ हजार रुपैयाँ पुरस्कार पाए ।

फाइनल खेलको म्यान अफ दि म्याच चौधरी चौकका अनिश राजधामी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई समापन कार्यक्रमको प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी लगायतले पुरस्कृत गरे ।

दिप ज्योति युवा क्लब, ग्रामथान-१, लखन्तरी, मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलिको सहभागिता रहेको थियो ।

View : 62

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved