Biratnagar, Morang, Nepal
+977-9708590006
देश

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

-
अखवारका कुरा
३१ भदौ २०८१, सोमवार

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा  सम्बोधन गर्ने कार्यतालिका रहेको  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

यसैबीच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

View : 117

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved