विराटनगर - अरनिको स्कुल विराटनगर अन्तर्गत कक्षा १२ का २२औं ब्याचका १२०० विद्यार्थीलाई बिदाइ गरिएको छ।
होटल मनास्लु इन मा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाइ गर्दै संस्थाले उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको हो।
कार्यक्रममा विद्यार्थीहरूले मन्तव्य राख्दै विद्यालय जीवनका अनुभव र सम्झनाहरू अभिव्यक्त गरेका थिए।
कक्षा ११ की सुम्निमा न्यौपाने तथा कक्षा १२ की अर्पिता राजवशी र मुस्कान गुप्ता लगायतले आफ्नो भनाइ राखेका थिए।
सो अवसरमा दोस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीमध्ये मन्जिला ओझा, प्रान्जल नेपाल र प्रतिभा रौनियार लाई पुरस्कृत गरिएको थियो।
विद्यालयका प्रिन्सिपल राजेश कार्की ले अघिल्लो वर्ष १९ जना विद्यार्थी मेडिकल अध्ययनका लागि छनोट हुन सफल भएको जानकारी दिए। उनका अनुसार अरनिको स्कुलले शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै आएको छ। विशेषगरी विज्ञान संकायमा कोशी प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित हुँदै आएको उनको भनाइ थियो। साथै विद्यार्थीहरूले मेडिकल मात्र नभई इन्जिनियरिङ, व्यवस्थापनलगायत विभिन्न विधामा पनि उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्।
कार्यक्रममा नृत्य, गायन, कविता तथा प्रहसन लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरूले माहोललाई थप उत्साहपूर्ण बनाएको थियो।
सञ्चालक विकाश खनाल लगायतले विद्यार्थीहरूलाई आगामी अध्ययन तथा पेशागत यात्रामा सफलता हासिल गर्न शुभकामना दिएका थिए भने कार्यक्रमको सञ्चालन विमल भट्टराई ले गरेका थिए।
अरनिको स्कुल शैक्षिक गुणस्तर, उत्कृष्ट नतिजा र विश्वासका आधारमा विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइको विद्यालयका रूपमा स्थापित हुँदै आएको छ।
View : 84
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved