विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरको अधिवेशन गराउन अधिवक्ता विकास थापा निर्वाचन अधिकृत तोकिएका छन्।
महानगर तहको नेतृत्व चयनका लागि अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला थापालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो। उनले महानगर अधिवेशनको निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान तथा मतगणनालगायतका प्रक्रिया निर्वाचनसम्बन्धी व्यवस्था र निर्देशिकाअनुसार सञ्चालन गर्नेछन्।
विराटनगरमा वडा तहको अधिवेशनबाट नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भइसकेपछि अब महानगर तहको अधिवेशनको तयारी अघि बढेको छ। महानगरका विभिन्न तहमा अधिवेशन प्रक्रिया पूरा हुँदै गएसँगै नेतृत्व चयनका लागि आवश्यक निर्वाचन व्यवस्थापनमा पनि सक्रियता बढेको हो।
निर्वाचन अधिकृतको जिम्मेवारी पाएसँगै थापाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने, उम्मेदवारी दर्ता गराउने तथा निर्वाचनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाएकाछन । महानगर अधिवेशनलाई व्यवस्थित र निर्धारित विधिअनुसार सम्पन्न गराउन निर्वाचन अधिकृतको भूमिका महत्वपूर्ण हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरमा हुने अधिवेशनले महानगरको नयाँ नेतृत्व चयन गर्ने भएकाले स्थानीय तहमा यसको चासो बढेको छ।
View : 29
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved