नेपाल जेसीज ५१ औं राष्ट्रिय महाधिवेशन
ईटहरी– जनकपुर जेसीजका पूर्व अध्यक्ष राज कुमार साहले आउँदो डिसेम्बर २१, २२ र २३, २०२४ मा ईटहरीमा आयोजना हुने नेपाल जेसीज राष्ट्रिय महाधिवेशन २०२५ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरि उमेदवार तालिममा सहभागी भइ रहेका छन ।
जनकपुर जेसीजका अध्यक्ष यातोष कुमार साहले भने “जनकपुर जेसीजका खारिएका नेतृत्वका रुपमा साह जनकपुर लगायत क्षेत्र क र देश भरी नै चर्चित रहेको र काम गर्न सक्ने युवाका रुपमा परिचित साहलाई जिताउदा समग्र जेसीज अभियानलाई फाइदा पुग्ने छ । "
उपाध्यक्ष पदका उमेदवार राज कुमार साह आफ्नो उमेद्वारी बारे प्रष्ट पार्दै भन्छन " तालिमको माध्यम बाट युवालाई रुपान्तरण गर्दै उद्धमशिलताको बिकास गर्न र युवालाई उधमशिलताको सम्भावना बारे प्रष्ट बनाउदै अभिप्रेरित गर्न मेरो उम्मेद्बारी हो ।
समृद्ध राष्ट्र निर्माणमा लाग्नुपर्ने अहिलेको आवश्यकता हो र यसका लागि नेतृत्व कौशल चाहिन्छ जुन जेसीजले दिन्छ , यस्ता युवा उत्पादनका लागि आफू बिजयी भएमा लाग्ने र सबैलाइ साथ लिएर अघि बढ्ने उनको भनाइ छ ।
२०१६ देखि जनकपुर जेसीजमा लागेका साह बिभिन्न पदहरु मा उत्कृष्ट कार्य गर्दै सन २०२२ मा जनकपुर जेसीजको अध्यक्ष बनेर कार्य गरिसकेका छन ।
नेपालभरका १७८ च्याप्टरका सदस्यहरू, पूर्व राष्ट्रिय अध्यक्षहरू, तथा पुराना सदस्यसहित ५,००० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने यो महाधिवेशन एक ऐतिहासिक भेला हुने अपेक्षा गरिएको छ।
View : 216
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved