एमाले विराटनगर महानगर अधिबेशन
कपा एमाले विराटनगर महानगर कमिटीको नेतृत्व चयनका लागि सम्पन्न अधिवेशनमा बलराम गिरी नेतृत्वको प्यानलले स्पष्ट बहुमतसहित ऐतिहासिक जित हात पारेको छ। अध्यक्ष पदसहित अधिकांश जिम्मेवारीमा गिरी समूहका उम्मेदवारहरूले विजय हासिल गरेका छन्।
वर्तमान सचिव गिरीले अध्यक्ष पदमा प्रतिस्पर्धी तथा हालका अध्यक्ष रोहित कोइरालामाथि ५२ मतको फराकिलो अन्तरले जित दर्ता गरेका हुन्।
निर्वाचनको सम्पूर्ण नतिजा यसप्रकार रहेको छ:
अध्यक्ष
बलराम गिरी — १७३ मत (निर्वाचित)
रोहित कोइराला — १२१ मत
उपाध्यक्ष
सुरज न्यौपाने — १४५ मत (निर्वाचित)
राम पोखरेल — १३६ मत
सचिव
विज्ञान चापागाईं — १८३ मत (निर्वाचित)
नवराज काफ्ले — १०४ मत
उप–सचिव (खुला)
हमिद आजाद — १७८ मत (निर्वाचित)
चन्द्र शेखर विश्वास — ९८ मत
उप–सचिव (महिला)
हिमा मैनाली पोखरेल — १६९ मत (निर्वाचित)
प्रेमकला डाँगी — १११ मत
बलराम गिरी समूहको जितसँगै एमाले विराटनगरमा नयाँ नेतृत्वको उदय भएको छ। यो परिणामलाई पार्टीभित्रको शक्ति सन्तुलन र भावी सांगठनिक रणनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ।
View : 105
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved