डिजिटल म्यापिङ तथा पाँचवर्षीय रणनीतिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँगको समन्वय थप व्यवस्थित बनाउने प्रतिबद्धता गरिएको छ।
दुर्घटना न्यूनीकरणसँगै लागुऔषध सेवन, ओसारपसार तथा बिक्री वितरण नियन्त्रणका लागि थप उन्नत कार्ययोजना बनाएर कार्यान्वयन गर्ने उल्लेख छ।
प्रदेशका स्थायी संरचना स्थापना गर्ने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइने भएको छ। खेलकुद क्षेत्रको विकासका लागि रंगशाला तथा व्यायामशालालगायतका संरचना निर्माणमा विशेष पहल गरिने जनाइएको छ।
वन क्षेत्रका खाली जमिनको सदुपयोग तथा बूढा, पुराना र ढलेका रुखको उचित व्यवस्थापनमार्फत जनतालाई काठदाउराको सुविधा उपलब्ध गराउने र सरकारको स्रोत वृद्धि गर्ने कार्यक्रम ल्याइने भएको छ।
न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाँदा प्रदेशसभामा रहेका अन्य दल, सरोकारवाला, विज्ञ तथा विशेषज्ञको सुझाव र परामर्शलाई समेत समेटेर अघि बढ्ने दुई राजनीतिक दलले प्रतिबद्धता जनाएका छन्।
कार्यक्रम मस्यौदा कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एमाले) संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठक, बाबुराम गौतम, गणेश उप्रेती, रेवतीरमण भण्डारी तथा एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी रहेका थिए।
View : 19
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved