Biratnagar, Morang, Nepal
खेलकुद

विश्वप्रसिद्ध केदारनाथ धाममा फहराइयो विराट स्पोर्ट्स जोनको झण्डा

-
अखवारका कुरा
२४ साउन २०८३, आइतवार

Advertisement

 

विराटनगर, साउन २५:  नेपाली खेलकुद क्षेत्रमा सक्रिय संस्था विराट स्पोर्ट्स जोनका दुई कर्मचारीले विश्वप्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ धाममा संस्थाको झण्डा फहराएका छन्।

केदारनाथ तीर्थयात्रामा रहेका विराट स्पोर्ट्स जोनका कर्मचारी विकास बाबु राउत र रोहन कार्कीले पवित्र धाममा पुगेर संस्थाको झण्डा फहराउँदै संस्थाप्रति आफ्नो समर्पण र प्रतिबद्धता व्यक्त गरेका हुन्।

उक्त कार्यप्रति प्रसन्नता व्यक्त गर्दै विराट स्पोर्ट्स जोनका चेयरम्यान हरि प्रसाद बजगाईंले दुवै कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले बाबा केदारनाथको कृपाले उनीहरूको यात्रा सुरक्षित, सफल र मंगलमय रहोस् भन्ने शुभकामना व्यक्त गरे।

विराट स्पोर्ट्स जोनले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म खेलकुदको विकास, खेलाडीलाई प्रोत्साहन तथा गुणस्तरीय खेल पूर्वाधार र सामग्री उपलब्ध गराउने क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। कम्पनीले विद्यालयस्तरका प्रतियोगिता, प्रशिक्षण कार्यक्रम तथा बालबालिकामुखी खेल गतिविधिमा पनि निरन्तर सहकार्य गर्दै आएको छ।

चेयरम्यान बजगाईंका अनुसार “स्वस्थ बालबालिका, समृद्ध भविष्य” भन्ने अवधारणासहित संस्थाले बालप्रतिभा विकासलाई प्राथमिकतामा राखेको छ। कर्मचारीहरूको समर्पण र संस्थाको खेलकुदप्रतिको प्रतिबद्धताले विराट स्पोर्ट्स जोनको पहिचान आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

View : 91

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved