Biratnagar, Morang, Nepal
सामाजिक सेवा

इटहरी जेसीजमा नयाँ नेतृत्व

इटहरी जेसीजको ३८औँ शाखा अधिवेशन सम्पन्न, मिसन पराजुली अध्यक्षमा निर्वाचित

उत्साहपूर्ण मतदान र प्रतिस्पर्धात्मक वातावरणमा नयाँ नेतृत्व चयन, सद्स्यहरुलाई केन्द्रमा राख्दै युवालाई सक्षम बनाउने कार्यमा अघि बढ्ने निर्वाचित अध्यक्षको योजना
-
अखवारका कुरा
२२ मंसिर २०८२, सोमवार

Advertisement

इटहरी - इटहरी जेसीजको ३८औँ शाखा अधिवेशन इटहरीमा सम्पन्न भएको छ। ११९ सदस्यमध्ये १११ सदस्यले मतदानमा भाग लिएको उक्त अधिवेशनमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ ।

अध्यक्ष पदमा मिसन पराजुली ६६ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी रामकृष्ण खड्का ४२ मतले  उपबिजेता भए। २४ मतको स्पष्ट अन्तरले पराजुलीले अध्यक्षमा जीत हासिल गरेका हुन ।

कार्यकारिणी उपाध्यक्ष पदमा प्रमोद घिमिरे ९९ मत र गणेश नेपाल ८२ मतसहित विजयी भए। अर्का प्रत्यासी सरोज श्रेष्ठ ३३ मतमा रोकिए।

सचिव पदमा खगेन्द्र खतिवडा ७१ मतसहित निर्वाचित भए। प्रतिस्पर्धी निराजन पाण्डे ३८ मतमा सीमित रहे।

त्यस्तै उपाध्यक्षमा विवेक घिमिरे १०६, स्वेच्छा श्रेष्ठ ९६, अभिषेक भण्डारी ९४ र सुदीप सुवेदी ९० मतसहित विजयी भए। राजेश कट्टेल ४२ मतमा सिमित भए।

अध्यक्षमा निर्वाचित पराजुलीले आफ्नो कार्यकाललाई “ऊर्जा, नवप्रवर्तन र एकताको आधारमा इटहरी जेसीजलाई नयाँ उचाइमा पुर्‍याउने” अभियानका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले युवालाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक सेवा र समयानुकूल कार्यक्रममार्फत जेसीजलाई सक्रिय, सक्षम र समुदायमुखी संस्थाका रूपमा चलायमान बनाउने  योजना सुनाए।

अधिवेशनमा सहभागी सदस्यको उत्साह, प्रतिस्पर्धात्मक माहोल र सक्रिय सहभागिताले इटहरी जेसीजको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाएको नव निर्वाचित अध्यक्ष पराजुलीले बताए।

View : 53

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved