Biratnagar, Morang, Nepal
सामाजिक सेवा

प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण

-
अखवारका कुरा
२५ साउन २०८२, आइतवार

Advertisement

भोजपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले भोजपुरमा शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा भोजपुर नगरपालिका–१ भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । 

शैक्षिक सामग्रीमा झोला, कापी, जमेट्री बक्स लगायतका सामग्री वितरण गरिएको केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिए । यसअघि विभिन्न जिल्लाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिसकेको परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्कीले बताए । 

परिषद्का राष्ट्रिय संगठन सचिव रमेश कण्डेल, राष्ट्रिय सचिव जितेन लोहार, कोशी प्रदेश अध्यक्ष इन्द्रराज राउत, भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक हरिकृष्ण ढकाललगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।  

View : 87

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved