Biratnagar, Morang, Nepal
सामाजिक सेवा

पर्सामा धुमधामका साथ मनाइँदै महाशिवरात्रि पर्व

-
अखवारका कुरा
३ फागुन २०८२, आइतवार

Advertisement

वीरगन्ज । हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रि पर्सामा धुमधामले भक्तजनहरुले मनाइरहेका छन् । महाशिवरात्रीको अवसरमा आज विहानदेखि जिल्लामा रहेका शिवालयहरुमा भगवान शिवको पूजा अराधना गर्न भक्तजनहरुको लामो लाइन लागेको छ ।

तराईको पशुपतिनाथ भनेर चिनिने वीरगन्जको पिपरा स्थित पशुपति मन्दिरमा विहानै देखीे पूजा अर्चाना गर्न ठुलो संख्यामा भत्ततालु तथा श्रधालुहरु पुगेका छन् । त्यस्तै पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालिकामा रहेको प्रसिद्ध दुधेश्वर महादेश(भाठाबाबा) ,वीरगन्जको प्रसिद्ध अलखियामठ मन्दिर लगायतका शिवालयमा भगवान शंकरको पूजा अराधन गर्न विहानै देखि ठुलो संख्यामा श्रद्धालुहरु पुगेका छन् ।

ठुलो संख्या पूजा गर्न मन्दिर पुगेका श्रद्धालुहरुको भीडलाई व्यवस्थित तथा हुनसकिने सम्भावित अपराधिक गतिविधिलाई रोक्न स्थानीय प्रशासनले जिल्लाभरीका मठ मन्दिर तथा शिवालयहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन कृष्ण चतुदर्शी दिन भगवाना शिवको उत्पत्ति भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष सोही तिथिमा महाशिवरात्रि पर्व हिन्दूहरुले मनाउने गरेका छन् ।

महाशिवरात्रिका दिन व्रात बसे श्रीमानको आयु लामो हुनुको साथै घरपरिवारमा सुःख, समृद्धिवास गर्नुका साथै रोगव्याधि समाप्त हुने धार्मिक आन्यता रहेको छ । शिवरात्रिको व्रत कुमारी कन्याले गरे भगवान शिव जस्तै सुयोग्य वर पाउने मान्यताकै कारण आजका दिन धेरै हिन्दू कुमारी कन्या व्रत बस्ने गरेका छन् ।

View : 6

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved