Biratnagar, Morang, Nepal
राजनीति

विराट युवा विचारक मञ्चको प्रथम वार्षिकोत्सवमा वैचारिक बहस: “गणतन्त्र कि राजतन्त्र?”

-
अखवारका कुरा
१५ जेठ २०८२, बिहिवार

Advertisement

 

विराटनगर, जेष्ठ  १५, २०८२
"विराट युवा विचारक मञ्च"ले आफ्नो पहिलो वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा विराटनगरस्थित एलिट क्लबको सभाहलमा “युवाको दृष्टिकोणमा: गणतन्त्र कि राजतन्त्र?” विषयक विशेष वैचारिक बहस कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पसका स्ववियु सभापति पृत्तम साह, नेपाली कांग्रेसका युवा नेता अनुराज पाठक, र एमाले मोरङका सदस्य मिलन घिमिरे वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजिकरण शशिशेखर भण्डारीले गरेका थिए।

कार्यक्रमको वारे प्रष्ट पार्दै  मञ्चका अध्यक्ष अभिषेक भट्टराईले भने,

 “राजनीतिक चेतनाको जरा बलियो नहुँदासम्म गणतन्त्र जस्तो  प्रणाली टिक्दैनत्यसैले यस्ता बहसले युवामा राष्ट्रप्रतिको सोच जिम्मेवारी बढाउने विश्वास हामीले लिएका छौं।

 

कार्यक्रमका प्रमुख अतिथि तथा एलिट क्लबका अध्यक्ष बिश्वनाथ रिजालले युवाको सक्रियता र जिज्ञासालाई सराहना गर्दै भने,

 “आजका युवाले विचारमा स्पष्टता ल्याउने, फरक दृष्टिकोणलाई सुन्ने बहस गर्न सक्ने संस्कार विकास गर्नु अत्यन्त सकारात्मक कुरा हो। यस्ता कार्यक्रमहरूले लोकतन्त्र बलियो बनाउन सहयोग पुर्‍याउँछ।

 

उनले एलिट क्लब सधैं यस्ता सामाजिक, बौद्धिक र सिर्जनात्मक क्रियाकलापमा साथ दिन तयार रहेको पनि बताए।

दिउँसो १ बजे सुरु भएको बहसमा सहभागीहरूले गणतन्त्रको उपलब्धि, चुनौती र वैकल्पिक प्रणालीबारे तर्कपूर्ण विचार राखेका थिए।

कार्यक्रमका वक्ता अनुराज पाठकले संविधानमा नमिलेका कुरालाई  संसोधन मार्फत मिलाउन सकिने , प्रदेश र स्थानीय तहलाई छरितो बनाउन सकिने तर गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने धारणा राखे । 

 कार्यक्रम विराटनगरका विभिन्न क्षेत्रका युवाहरू, विद्यार्थी, राजनीतिक कार्यकर्ता र बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति र सहभागितामा सम्पन्न भयो।

विराट युवा विचारक मञ्चले यस्ता बहस र वैचारिक कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

View : 159

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved