काठमाडौं । राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले हात पारेको छ । आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को स्कोरले पराजित गर्दै बागमतीले स्वर्ण पदकमाथि कब्जा जमाएको हो ।
प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल ग¥यो । विजेता बागमती प्रदेशले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले २० हजार र तेस्रो हुने लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार पाए ।
त्यसैगरी, चौथो स्थानमा चित्त बुझाएको कोसी प्रदेशले १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त ग¥यो । उक्त सान्त्वना पुरस्कार सङ्घकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी थिइन् ।
बागमती प्रदेशका दिपेश माझी प्रतियोगिताको ‘उत्कृष्ट खेलाडी’ घोषित भए। उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष सुरेन्द्र थपलियाका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विश्वविद्यालय गरी कुल ८ टोलीको सहभागिता रहेको थियो ।
विजेता टोली तथा खेलाडीहरूलाई प्रमुख अतिथि एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ र बेसबल सफटबल सघका अध्यक्ष दिपक न्यौपाने लगायतको उपस्थिति थियो ।
View : 34
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved