विराटनगर । विराटनगर ५ को बालसंसार इङलिस बोर्डिङ स्कुलले ११ औं बार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । स्कुलले विराटनगरको आरोहण गुरुकुलमा एक भव्य कार्यक्रमको आयोजना गरेर समारोह सम्पनन गरेको हो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिकराम दाहालले बालबालिकालार्य कितावी ज्ञानमा मात्रै सिमित राख्नु नहुने बताए । उनले बालसंसारले शिक्षासँगथै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको बालबालिकाको प्रस्तुतीबाट देखिएको बताए । कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष श्रेष्ठ अर्जुन श्रेष्ठले बालसंसार विराटनगरको उत्कृष्ट विद्यालय भएको कताएका छन् । ।
विद्यालयका प्रिन्सिपल खड्गबहादुर राईले विद्यार्थीलाई कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण लगायतका कामहरु विद्यालयले गर्दै आएको बताए ।
विराटनगर हाटखोला स्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा पिजीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, गायन, बाध्यबाधन, विभिन्न खेल कौशलहरु प्रदर्शन गरेका थिए ।
कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष श्रेष्ठ अर्जुन श्रेष्ठ, हिसान मोरङका सचिव भुवन नेपाल, स्टेशनरी व्यवसायी संघ मोरङ अध्यक्ष सुशील घिमिरे , स्कुलकी एकाडेमी इन्चार्ज मीरा राई, अभिभावह लगायतको उपस्थिती रहेको थियो ।
View : 44
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved