Biratnagar, Morang, Nepal
खेलकुद

विश्वकप छनौट

टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले विजयी हासिल

-
अखवारका कुरा
२३ असोज २०८२, बिहिवार

Advertisement


काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ ।

छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । 
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो । 

बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको योगदान गरेका दिए । गुल्सन झाले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए । 

बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २–२ विकेट लिएका थिए । नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसंग खेल्नेछ ।

View : 40

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved