काठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझसम्म सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले प्राविधिक समस्या नआएमा आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।
बोर्डको दोस्रो बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
गत २०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभरबाट करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए।
नतिजा बोर्डको वेबसाइटसहित विभिन्न एसएमएस तथा मोबाइल एपमार्फत हेर्न सकिनेछ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी स्रोतका अनुसार नतिजा प्रकाशनलगत्तै सार्वजनिक सूचना जारी गरिनेछ।
View : 343
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved