बिराटनगर ।
कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयका १० औं र ११ औं तहका तीन कर्मचारीको मंगलबार सरुवा गरेको छ ।
१० औं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले सरुवा गरेको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निर्देशक रहेका डा.विरेन्द्र कुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा सरुवा गरेको छ ।
View : 202
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved