Biratnagar, Morang, Nepal
अर्थ

विराटनगरमा टीभीएस अर्बिटर ईभी स्कुटर सार्वजनिक

२७ साउन २०८३, बुधवार

Advertisement

 

विराटनगर। टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ। कम्पनीको विराटनगरस्थित आधिकारिक बिक्रेता पाश्र्वनाथ डेभलपर्समार्फत स्कुटर सार्वजनिक गरिएको हो।

स्कुटर सार्वजनिक कार्यक्रममा पाश्र्वनाथ डेभलपर्सका प्रबन्ध निर्देशक प्रशान्त तातेड र जगदम्बा मोटर्सका रिजनल म्यानेजर अर्जुन खनालको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार टीभीएस अर्बिटरले एक पटकको पूर्ण चार्जमा १५८ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। यसमा १४ इन्चको फ्रन्ट ह्विल, ३४ लिटरको बुट स्पेस, ८४५ मिमी लामो सिट, १६९ मिमी ग्राउन्ड क्लियरेन्स तथा क्रुज कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ।

स्कुटरमा हिल होल्ड असिस्ट, मोबाइल एप कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, एन्टि–थेफ्ट अलर्ट तथा क्र्यास अलर्ट जस्ता स्मार्ट र सुरक्षा प्रविधि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नेपाली बजारमा तीनवटा रङ विकल्पमा उपलब्ध टीभीएस अर्बिटरको एक्स–शोरुम मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको जगदम्बा मोटर्सले जानकारी दिएको छ।

टीभीएस अर्बिटरलाई विशेषगरी शहरी दैनिक आवागमनलाई लक्षित गर्दै ल्याइएको कम्पनीको भनाइ छ। उच्च रेन्ज, स्मार्ट कनेक्टिभिटी र व्यावहारिक डिजाइनका कारण यो स्कुटर नेपालमा बढ्दो इलेक्ट्रिक दुईपाङ्ग्रे बजारमा प्रतिस्पर्धी विकल्पका रूपमा प्रस्तुत भएको कम्पनीको विश्वास छ।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved