प्रत्यारोपणमार्फत साँघुरिएको रक्तनली खुला बनाउने यो प्रविधिले हेमकुमारीको उपचारमा महत्वपूर्ण भूमिका खेलेको चिकित्सकको भनाइ छ।
उपचारपछि हातको समस्या र झमझमाउने अवस्थाबाट राहत पाउँदै जाँदा हेमकुमारीको आत्मविश्वास पनि फर्किन थाल्यो। अस्पताल आउँदा चिन्ता र अन्योलमा रहेकी उनी डिस्चार्ज हुने बेला निकै खुसी देखिइन्। ‘मेरो रोग निको पार्न मिहिनेत गर्ने डाक्टर, नर्सलगायत सबैलाई धेरै–धेरै धन्यवाद। उहाँहरूले राम्रो उपचार र माया दिनुभयो। म निकै खुसी छु,’ हेमकुमारीले भनिन्।
आमाको उपचार सफल भएपछि छोरी बबिना थापा पनि निकै खुसी छिन्। आमालाई ठूलो शल्यक्रिया नगरी अत्याधुनिक प्रविधिबाट सफल उपचार गरिदिएको भन्दै उनले केएमसीका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरिन्।
View : 157
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved