Biratnagar, Morang, Nepal
देश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७१३ जनालाई कारबाही

-
अखवारका कुरा
२४ भदौ २०८३, बुधवार

Advertisement

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

 

 बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६५, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ४७ जना चालकलाई कारबाही गरिएको छ । 

 

यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा २३, लेन क्रसमा १५, अवस्था ठिक नभएको २२, एकतर्फीमा ९ र अन्यमा ३६२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

View : 43

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved