विराटनगर १३ मा अवस्थित अंग्रेजी माध्ययमको अग्रणी जेसी बाल सदन माध्यमिक विद्यालयले, (विराटनगर जेसिज द्धारा संचालित सार्वजनिक शैक्षिक गुठी) आफ्ना पुर्व प्राथमिक तह जम्मा ५० जना र आधारभुत तह उतीर्ण गरेका ४५ जना गरि जम्मा ९५ जना विद्यार्थी हरुलाइ दीक्षित गरेकोे छ ।
विगत वर्षहरुमा झै यस वर्ष पनि पुर्व प्राथमिक तथा आधारभुत तह उतीर्ण गरेर कक्षा १ तथा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाइ दीक्षित गरिएको हो ।
कार्यक्रम विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको प्रमुख अतिथ्य तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विराटनगर जेसीजका अध्यक्ष प्रितेशराज दाहालको विशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रममा अभिभावकको तर्फबाट आफ्नो मन्तब्य राख्दै स्थानिय अभिभावक गिरिजाकुमार भट्टराइले विद्यालयको प्रशंसा गर्दै आफुले अध्ययन समेत गरेको विद्यालयको प्रगतिको कामना गरे भने प्रमुख अथिति रामप्रसाद ढुङ्गेलले सम्पुर्ण दीक्षित विद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना दिदै यस्ता कार्यक्रमले बालबालिकाको सिकाइमा महत्वपुर्ण भुमिका खल्ने बताए ।
विराटनगर जेसीजका अध्यक्ष प्रितेशराज दाहालले विराटनगर जेसीजको प्रोजेक्ट यो विद्यालयले यसप्रकारका कार्यक्रम संचालन गर्नु गौरवको विषय रहेको बताए ।
श्रीकृष्ण होटल तथा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमको संचालन संयोजक अनुज दाहालले गरेका थिए भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
View : 580
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved