सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ : ज्ञानेन्द्र शाही
गराउन नसकिएको आरोप पनि लगाए । उनका अनुसार सामान्य अवस्थामा पाँच घण्टाभित्र देशभित्रै वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सकिने अवस्था हुँदाहुँदै उपकरण उपलब्ध हुन लामो समय लागेको बताए ।
‘हामीले सामान्य अवस्थामा पाँच घण्टाभित्र हाम्रो देशभित्रबाट वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सक्ने अवस्था हुँदाहुँदै २४ घण्टा, ४८ घण्टा, ९६ घण्टा र १४४ घण्टापछि मात्रै मिनी स्काभेटर उपलब्ध भयो,’ उनले भने।
प्रधानमन्त्रीले संसद्मा सुरुङभित्र जमेको हिलोमा पठाउन सकिने प्रविधि संसारमा नरहेको बताएको प्रसंग उल्लेख गर्दै शाहीले त्यसको प्रतिवाद गरे । उनले संसारका विभिन्न ठाउँमा यस्तो प्रविधिबाट काम भइरहेको दाबी गरे।
‘आज प्रधानमन्त्री संसद्मा बोल्नुहुन्छ, हिलोभित्र पसेको सुरुङमार्गभित्र पठाउने प्रविधि संसारमा छैन। तर म दावाका साथ भन्न सक्छु, संसारभरि काम भइरहेको छ। अहिले खोज्नुस् च्याटजीपीटीमा, अहिले खोज्नुस् गुगलमा, संसारभरि छ, संसारभरि काम भइरहेको छ,’ उनले भने।
सांसद शाहीले आफूले कुनै दल, व्यक्ति वा पार्टीप्रति आरोप लगाउन नभई सुरुङभित्र अझै आफ्ना आफन्तहरू रहेको विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।
उनले सुरुङबाट जीवितै बाहिर आएका जुम्लाका पाँच जनासँग सरकारले उनीहरूको अवस्थाबारे जानकारी नलिएको आरोप पनि लगाए।
‘अहिले पनि म जीवित मान्छे ल्याएर खडा गर्न सक्छु संसद्मा, यदि संसद्ले दियो भने। जुम्लाका पाँच जना जीवित मान्छे सुरुङभित्रैबाट आएका छन् । ती मान्छेहरूसँग पनि सरकारले एक पटक सोधेन—तिमीहरूको अवस्था के थियो?’ उनले भने।
शाहीले ती पाँच जनासहित अन्य केही मानिसलाई आफूहरूले व्यक्तिगत खर्चमा उद्धार गरी घर पठाएको बताए । ‘हामीले धेरै मान्छेको जीवन बचाउन सक्थ्यौँ, तर सकिरहेका छैनौँ,’ उनले भने ।
View : 25
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved