सहजको सेवा
विराटनगर, श्रावण ८
 शिक्षा पहुँचबाहिर रहेका बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यसहित सहज फाउण्डेशन, विराटनगरले शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
धरणीधर आधारभूत विद्यालय, विराटनगर–६ मा बिहीबार आयोजित कार्यक्रममार्फत अति विपन्न तथा अध्ययनमा अब्बल रहेका दर्जनौँ विद्यार्थीलाई पुस्तक बोक्ने ब्याग सहित आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
सहज फाउण्डेशनका अध्यक्ष राहुल रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कृष्ण कार्की रहेका थिए। कार्यक्रममा नेपाल मुस्लिम संघ मोरङकी सभापति केहेकशा कौशर (गुड्डी), मोरङ जिल्ला क्रिकेट संघ अध्यक्ष साद बाबु कुरेशी, युवा नेता राजन न्यौपाने, भोला मण्डल, विद्यालयका प्रधानाध्यापक खेम निरौला, व्यवस्थापन समिति अध्यक्ष तिलकेश्वर कामत, समाजसेवी नवीन विक्रम शाह, विवेक केसरीलगायत समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता सामाजिक अभियानले मात्र वास्तविक परिवर्तनको जग बस्ने बताए। विद्यार्थीहरूमा शिक्षा प्रतिको अभिरुचि र आत्मविश्वास बढाउन सहयोग पु¥याउने कार्यप्रति सबैले सहज फाउण्डेशनलाई धन्यवाद ज्ञापन गरेका थिए।
सहज फाउण्डेशनका महासचिव अर्जुन मण्डल, कोषाध्यक्ष रेहान भट्टराईलगायत पदाधिकारी, पूर्वपदाधिकारी तथा स्वयंसेवकहरूको सक्रियतामा कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको निवर्तमान अध्यक्ष ई. पवन भट्टराईले बताए । 
संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा यस्तै सकारात्मक पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
View : 576
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved