एसईई २०८१ रिजल्ट
काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४.० जिपिए ल्याएका छन्। बोर्डका अनुसार ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्।
त्यस्तै, ८९ हजार १२४ जनाको जिपिए २.८ देखि ३.२ को बीचमा छ। २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४७९ रहेको छ।
परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलनमार्फत नतिजा विवरण सार्वजनिक गरेको हो। परीक्षाफल अनलाइन, एसएमएस, र आईभीआर प्रणाली मार्फत हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
यस वर्षको एसईई परीक्षा गत चैत १५ गतेदेखि सञ्चालन गरिएको थियो।
View : 491
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved