Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलनको प्रभाव

सरकारले हटायो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध

-
अखवारका कुरा
२३ भदौ २०८२, सोमवार

Advertisement

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार फेसबुक, युट्युबलगायत सबै सामाजिक सञ्जाल पुनः सञ्चालनमा आएका छन्। मन्त्री गुरुङले भने, “राज्यको आवश्यकता अनुसार सरकारले निर्णय लिएको थियो, त्यसमा कुनै पश्चाताप छैन।”

यसअघि सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गरिँदा देशभर विरोध प्रदर्शन चर्किएको थियो। अब प्रयोगकर्ताले पुनः सामाजिक सञ्जालमा आफ्नो गतिविधि सहज रुपमा अगाडि बढाउन सक्ने भएका छन्।

View : 233

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved