विराटनगर - शैक्षिक परामर्श सेवामा अग्रणी र विश्वसनीय संस्था ग्रेस इन्टरनेशनल कन्सलटेन्सी ले आफ्नो १९औं वार्षिकोत्सव देश–विदेशका शाखाहरूमा उत्साहपूर्वक मनाएको छ।
सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनल कन्सलटेन्सीले हालसम्म आफ्नो सेवा ११ देशमा विस्तार गर्दै ४९ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ। हाल संस्थामा करिब ८५० जना टिम सदस्यहरू कार्यरत छन्।
ग्रेस इन्टरनेशनल कन्सलटेन्सी विराटनगरका संचालक प्रदिप बास्तोलाका अनुसार, “हाम्रो हरेक उपलब्धि विद्यार्थी, अभिभावक र साझेदारहरूको विश्वासकै परिणाम हो। १९ वर्षको यात्रामा हामीले हजारौं विद्यार्थीलाई विश्वका उत्कृष्ट शैक्षिक गन्तव्यमा पुर्याउन सफल भएका छौं,” उनले बताए।
उनका अनुसार ग्रेस इन्टरनेशनल कन्सलटेन्सीले विद्यार्थीहरूको करियर मार्गदर्शनदेखि लिएर भिसा प्रक्रिया र विश्वस्तरीय शैक्षिक अवसरहरूमा पहुँच दिलाउन निरन्तर अग्रसर रहँदै आएको छ।
वार्षिकोत्सवको अवसरमा संस्थाले विद्यार्थी, अभिभावक तथा ग्रेस इन्टरनेशनल कन्सलटेन्सीसँग सम्बन्धित सबैप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा शैक्षिक परामर्श सेवालाई अझ गुणस्तरीय, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
View : 348
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved