भारतमा नेपाली विधार्थी मृत्यु प्रकरण
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको विषयमा नेपाली बिद्यार्थीहरुले गरेको छानबिनको आग्रहलाई नकार्दै कलेजले नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको बिषयमा नेपालमा विधार्थीहरु आन्दोलित बनेका छन ।
विराटनगरको जोगवनीमा नेपाल विधार्थी संघ मोरङको अगुवाइमा छानवीनको माग गर्दै प्रदशन गरिएको छ । विधार्थीको समूह बोर्डर पुगि न्यायका लागि अपिल गर्दै सत्य तथ्य पत्ता लगाइ दोषीलाई हदै सम्म कार्वाहीको माग गर्दै आन्दोलन थालिएको नेपाल विधार्थी सङ्घ मोरङका सभापति सरोज पोखरेलले जानकारी दिए ।
विधार्थीले नारावाजी सहित न्यायको माग गरिरहदा केही वेर सडक आवागमन समेत प्रभावित बनेको थियो ।
प्रकृतिको मृत्यु प्रकरण र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दमनको विरोधमा नेपालभर विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन । सोही क्रममा विराटनगरमा समेत विधार्थी आन्दोलित बनेका हुन ।
उच्च शिक्षा लिन विदेशिएका विधार्थीहरुलाई समस्या पर्दा हेर्ने निकायको ध्यान पुग्न नसकेका कारण समस्यामा पर्ने गरेको आम विद्यार्थीको गुनासो रहेको छ ।
View : 359
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved