Biratnagar, Morang, Nepal
राजनीति

पाँंच वटा संसदीय समितिको बैठक बस्दै

-
अखवारका कुरा
२ असार २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । आज (मंगलबार) संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । 

आज बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने छ । अर्थ समितिको बैठकमा मस्यौदा कार्यविधिमाथि छलफल हुने कार्यसूची रहेको छ ।  

आज ९ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन र, विविध विषयमा छलफल हुने कार्यसूची तय भएको छ । 

यसैगरी, बिहान १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ग्यालरी बैठक पुरानो संसद० भवन निर्माणको कार्ययोजना सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची रहेको छ ।  

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक ११ः१५ मा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धी छलफल हुने छ ।  

आज बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेरका साथै विविध विषयमा छलफल हुने छ । 

View : 21

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved