काठमाडौं - सरकारले नयाँ बजेटमार्फत विद्युतीय सवारीसाधनमा लागू हुने कर संरचनामा परिवर्तन गरेपछि अधिकांश ईभीको मूल्य बढ्न थालेको छ। यहीबीच नेपालमा iCAUR ब्रान्डको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी iCAUR V23 सीमित अवधिका लागि पुरानै मूल्यमा बिक्री गर्ने घोषणा गरेको छ।
कम्पनीका अनुसार हाल उपलब्ध स्टकका लागि iCAUR V23 को मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम राखिएको छ। बजेटपछिको कर समायोजनका कारण गाडीको आधिकारिक मूल्य भने ५३ लाख ९९ हजार रुपैयाँ पुगेको छ। यस व्यवस्थाले प्रारम्भिक खरिदकर्तालाई प्रतिगाडी ३ लाख रुपैयाँसम्मको प्रत्यक्ष लाभ हुने कम्पनीको भनाइ छ।
नेपालमा लाइफस्टाइल इलेक्ट्रिक एसयूभीको सेग्मेन्ट विस्तार हुँदै गइरहेका बेला iCAUR V23 ले छोटो अवधिमै उपभोक्ताको ध्यान आकर्षित गर्न सफल भएको देखिन्छ। रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजनका कारण यो मोडल युवा पुस्तामाझ विशेष रुचिको गाडीका रूपमा स्थापित हुँदै गएको बजार विश्लेषकहरू बताउँछन्।
५९.९३ किलोवाट-आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको V23 ले सीएलटीसी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ४०१ किलोमिटरसम्म यात्रा गर्न सक्छ। २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, आधुनिक सुरक्षा प्रणाली तथा स्मार्ट कनेक्टिभिटी फिचरहरू यसको अर्को आकर्षण हुन्।
SPG Automobiles ले यो अफर हाल उपलब्ध स्टकमा मात्र सीमित रहेको जनाएको छ। स्टक समाप्त भएपछि सबै नयाँ बुकिङ तथा डेलिभरी संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँअनुसार हुने कम्पनीले स्पष्ट पारेको छ।
SPG Automobiles नेपालमा OMODA, JAECOO र iCAUR ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक हो। शारदा समूहअन्तर्गत रहेको कम्पनीले पछिल्ला वर्षहरूमा नेपाली विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
View : 24
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved