Biratnagar, Morang, Nepal
मनोरंजन

विराटनगरमा ‘फेस अफ विराटनगर’ का विजेता र फस्ट रनरअप सम्मानित

-
अखवारका कुरा
३ मंसिर २०८२, बुधवार

Advertisement


विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले हालै सम्पन्न ‘फेस अफ विराटनगर’ प्रतियोगिताका विजेता तथा फस्ट रनरअपलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रतियोगिताको उपाधि विजेता अभिन्न मल्लिक र फस्ट रनरअप प्राचना शाह रहेका छन् । जो सोही विद्यालयमा क्रमशः कक्षा ३ र ४ मा अध्ययनरत छन् ।

केही दिनअघि विराटनगरमा आयोजना भएको उक्त प्रतियोगितामा आफ्नै विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेकोमा विद्यालयले खुसी व्यक्त गर्दै उनीहरुको सम्मानमा कार्यक्रम आयोजना गरेको हो । यसले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने र अन्यलाई पनि यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन मिल्ने विद्यालयले विश्वास लिएको छ ।

कार्यक्रममा सेन्ट जोसेफ कलेजका निर्देशक रोहित थपलियाले विजेता मल्लिक र फस्ट रनरअप शाहलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुको प्रतिभाको कदर गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना गर्नुभयो । साथै, विद्यालयले सधैं विद्यार्थीहरुको चौतर्फी विकासमा जोड दिने र उनीहरुको प्रतिभालाई उचित मञ्च प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
यस किसिमको सम्मानले बालबालिकाको मनोबल बढ्ने र उनीहरुलाई भविष्यमा अझ राम्रो गर्न प्रेरणा मिल्ने अभिभावकहरुले बताएका छन् । ‘फेस अफ विराटनगर’ बालबालिका तथा युवाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिँदै आएको एक लोकप्रिय प्रतियोगिता हो ।

View : 59

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved