Biratnagar, Morang, Nepal
राजनीति

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन

-
अखवारका कुरा
२८ फागुन २०८२, बिहिवार

Advertisement

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधिसभा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संसद बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ । अध्यक्ष दाहालले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिए ।
सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण गरिसक्ने बताएका छन् । साथै भवन परिसरको सरसफाइ पनि गरिने उनीहरुले बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरु तयार हुन भने अझै १÷२ महिना लाग्ने उनीहरुको भनाइ छ ।
अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए ।
बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने भन्दै अध्यक्ष दाहालले रातदिन जसरी हुन्छ, काम द्रुत गतिमा गर्न आग्रह गरे ।

View : 39

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved