काठमाडौं — काठमाडौं जिल्ला प्रशासन कार्यालयले शनिबार आयोजना हुने भनिएको मोटरसाइकल र्याली तथा सभा–प्रदर्शन गर्न नपाइने जनाएको छ।
शुक्रबार सूचना जारी गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नका लागि र्याली, जुलुस, धर्ना वा प्रदर्शनजस्ता कार्यक्रमका लागि कुनै पनि स्वीकृति नदिने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा भनिएको छ, “विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कुनै पनि किसिमको कार्यक्रम गर्न स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।”
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) र प्रहरी ऐन, २०१२ को दफा १९ बमोजिम पूर्व स्वीकृति विना सार्वजनिक कार्यक्रम नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ।
View : 174
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved