इटहरी । नेपाल जेसीजको आयोजना तथा इटहरी जेसीजको आतिथ्यमा यहि पौष ६, ७ र ८ गते इटहरीमा सम्पन्न हुन लागेको ५१ औं राष्ट्रिय महाधिवेशनमा इटहरी लेडी जेसीजबाट सुमित्रा भट्टराईले राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छिन ।
५१ औं राष्ट्रिय महाधिवेशनमा नेपालभरका १७८ शाखाका मतदान गर्न योग्य प्रतिनिधिहरूले नयाँ कार्यकालका लागि नयाँ पदाधिकारीहरु चुन्ने छन ।
इटहरी लेडी जेसीजको बर्ष २०२३ को शाखा अध्यक्षका रुपमा सफल कार्यकाल सम्पन्न गरेर देश भरी आफ्नो छुट्टै पहिचान बनाउन सफल भट्टराई इटहरी क्षेत्रमा महिला अधिकार र महिला सशक्तीकरणका लागि छुट्टै पहिचान बनाउन सफल छिन ।
जेसीज यात्रामा एक दशक बिताइसकेकी भट्टराई , सन २०१४ मा इटहरी लेडी जेसीजको सद्स्य भए पश्चात् विभिन्न समयमा विभिन्न पदमा रहेर आफ्नो नेतृत्वदायी क्षमता प्रस्तुत गरिसकेकी छिन । यहि नेतृत्व कौशललाइ बिश्वास गर्दै नेपाल जेसीजका बर्ष २०२४ का अध्यक्षले भट्टराईलाई २०२४ मा नेशनल भिलेज कोअर्डिनेटर रुपमा मनोनित गरेका थिए । जसलाई भट्टराईले उत्कृष्ट ढङ्गबाट पूरा गर्न सफल भएकी छिन ।
नेतृत्व बिकाशको माध्यमबाट उधमशिलतालाई जोड्नको लागि यस पटक आफ्नो उमेदवारी रहेको उल्लेख गर्दै उनले भनिन " तालिमका माध्यम बाट युवाहरूमा नेतृत्व क्षमता बिकास गर्दै , उधमशिलताका लागि युवाहरुलाइ अभिप्रेरित गरेर नेपाल मै अवसरको सम्भावना देखाइ युवा लाई स्वदेशमै रह्न सक्ने बाताबरण बनाउनका लागि उपाध्यक्ष पदमा मेरो उम्मेद्बारी हो । "
सन २००२ मा स्थापना भएको इटहरी लेडि जेसीजले विभिन्न कालखण्डमा आफ्नो उत्कृष्ट नेतृत्व प्रस्तुत गर्ने क्रममा यस पटक भट्टराईलाई उपाध्यक्ष पदमा उमेदवार बनाएको र सबैले मतदान गरि बिजयी गराउन इटहरी लेडी जेसीजकी अध्यक्ष ईन्दिरा काफ्लेले अनुरोध गरिन ।
प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने तय भएको इटहरीमा सम्पन्न हुने महाधिवेशनले अध्यक्ष लगायत पदमा नयाँ नेतृत्व चयन गर्नेछ ।
View : 159
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved