यसै वर्ष स्थापना भएको लायन्स क्लब अफ विराटनगर सोसल ले आफ्नो पहिलो सेवाकार्यका रूपमा आज विराटनगर–२ स्थित प्रोफेसनल करिअर एण्ड एजुकेशन प्रा.लि. (सी.ए. कलेज) मा रक्तदान तथा रक्तदान सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा क्लबका सदस्यहरू, कलेजका विद्यार्थी तथा शिक्षकहरू, साथै लियो क्लब अफ विराटनगर सोसलका सदस्य गरी ३३ जनाले रक्तदान गरेका छन्।
मानवीय सेवाको यस महत्वपूर्ण कार्यमा सहभागी भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूप्रति क्लबले कृतज्ञता व्यक्त गरेको छ।
सो अवसरमा क्लबका अध्यक्ष तथा नियमित रक्तदाता लायन लिला ढुङ्गेलले ९०औँ पटक रक्तदान गर्ने अवसर पाएकोमा गौरव महसुस भएको बताउनुभयो। उहाँले निरन्तर रक्तदानजस्ता मानवसेवामूलक कार्यमा सहभागिता जनाउनु नै जीवनको साँचो सन्तुष्टि भएको उल्लेख गर्दै क्लबले आगामी दिनमा अझ प्रभावकारी सेवाकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको उद्घाटन जी.ई.टी. मल्टिपल कोअर्डिनेटर लायन इन्द्र खत्री, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर लायन रमेश खत्री, चीफ डिष्ट्रिक एडभाइजर लायन उदय नारायण बराल लगायतका जिल्ला पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
उद्घाटन सत्रमा अतिथिहरूले नवस्थापित क्लबले सुरुवाती चरणमै जनसेवामूलक कार्यको सुरुवात गर्नु सराहनीय रहेको उल्लेख गर्दै निरन्तर सामाजिक उत्तरदायित्वमा क्रियाशील रहन शुभकामना व्यक्त गरे।
कार्यक्रममा सहभागी विद्यार्थी तथा युवा स्वयंसेवकहरूले पनि रक्तदानप्रतिको चासो र उत्साह देखाएका थिए।
लायन्स क्लब अफ विराटनगर सोसल स्थापना भएको छोटो अवधिमै समाजसेवाका कार्यमार्फत समुदायमा मानवीयता, सहकार्य र सकारात्मक सन्देश फैलाउँदै आएको छ ।
View : 186
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved