Biratnagar, Morang, Nepal
खेलकुद

एसईई फुटसल ब्याटल रोयलको उपाधि नरग्राम माविलाई

-
अखवारका कुरा
२७ वैशाख २०८३, आइतवार

Advertisement


विराटनगर - एसईई फुटसल ब्याटल रोयल सिजन–१ को उपाधि श्री नरग्राम माध्यमिक विद्यालयले जितेको छ । बिराट स्पोर्ट्स जोनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डीपीएस स्कुल विराटनगरलाई पराजित गर्दै नरग्राम माविले उपाधि जितेको हो ।
प्रतियोगितामा विराटनगरका ९ विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतिस्पर्धात्मक खेलपछि नरग्राम मावि र डीपीएस स्कुल फाइनलमा पुगेका थिए ।
प्रतियोगितामा लर्ड बुद्ध स्कुलका भिषन दाहाल १२ गोलसहित सर्वाधिक गोलकर्ता बने । नरग्राम माविका आरभ माझी उत्कृष्ट गोलरक्षक घोषित हुँदा डीपीएस स्कुल विराटनगरका सामर्थ दाहाल उत्कृष्ट उदियमान खेलाडी चुनिए ।
विजेता नरग्राम माविले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ११ हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता डीपीएस स्कुल विराटनगरले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँ हात पार्‍यो ।
युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बिराट स्पोर्ट्स जोनले जनाएको छ ।

View : 25

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved