Biratnagar, Morang, Nepal
देश

हुलाक सेवा रूपान्तरण

‘हुलाक सेवा रूपान्तरण गरेर अरबौँ रुपैंया आम्दानी गर्न सक्छौँ’ – सञ्चारमन्त्री गुरुङ

-
अखवारका कुरा
२४ जेठ २०८२, शनिवार

Advertisement

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले  हुलाक सेवाको डिजिटल रूपान्तरण गर्न सकियो भने अरबौँ रुपैंया आम्दानी गर्न सक्ने स्पष्ट संकेत देखिएको बताएका छन ।

शनिवार विराटनगरमा आयोजित हुलाक सेवा विभागको पुनः संरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, “हुलाक सेवा मागी खाने मात्र होइन, आम्दानी गर्ने संस्थाको रूपमा विकास गर्नु आवश्यक छ। हामीले  इकमर्सको माध्यमबाट सेवा मात्र हैन, आम्दानी पनि गर्न सक्छौ भन्ने प्रमाणित गर्नुपर्ने समय आएको छ।”

उनका अनुसार हामीले ऐन, कानुन र सरकारी निर्णयहरूमा सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छौ।

मन्त्री गुरुङले भने, “अब हामीले प्रगतिमैत्री र प्रविधिमैत्री जनशक्ति तयार पार्नुपर्छ। कार्यालय व्यवस्थापनमा हामीले अझ सक्रियता देखाउनु पर्छ।”

उनले  इजरायलले कृषिमा गरेको परिमार्जनको उदाहरण दिँदै नेपालमा पनि विकास सम्भव भएको तर व्यवस्थापनमा कमी देखिएको बताए “अब हामीले  हरेक क्षेत्रमा व्यवस्थित रूपले अघि बढ्नुपर्छ,” उनले भने।

उनको भनाइमा जनतालाई कुनै आकर्षक नारा होइन, नेतृत्वबाट  सिधै कामको अपेक्षा छ।

देशभर फैलिएका ६ सयभन्दा बढी हुलाक कार्यालयलाई प्रभावकारी बनाउनुपर्ने कुरामा पनि मन्त्री गुरुङले जोड दिए।

कार्यक्रममा कोशी प्रदेशका हुलाक प्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्या प्रस्तुत गरेका थिए। सो अवसरमा सञ्चार मन्त्रालयका कर्मचारी र सञ्चार क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

View : 85

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved