बलिउड
काठमाडौं । भारतीय चलचित्रका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य बिग्रिएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सार्वजनिक भएपछि प्रशंसकदेखि बलिउड कलाकारहरू समेत चिन्तित बनेका छन् र अनेकले अस्पताल पुगेर स्वास्थ्यबारे जानकारी लिएका छन् ।
यसैबीच, धर्मेन्द्रका छोरा तथा अभिनेता सनी देओलले एक विज्ञप्ति जारी गर्दै पिताको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । उनले निरन्तर अस्पतालको निगरानीमा राखिएको उल्लेख गर्दै अफवाह नफैलाउन सबैसँग आग्रह गरेका छन् ।
सनी देओलको टिमले जारी गरेको वक्तव्यमा भनिएको छ, धर्मेन्द्रजी स्थिर छन् र चिकित्सकीय अवलोकनमा रहेका छन् । स्वास्थ्यसम्बन्धी थप जानकारी उपलब्ध हुँदै जाँदा साझा गरिनेछ। कृपया कुनै गलत हल्ला नफैलाउनुहोस्। उहाँको छिटो स्वास्थ्य लाभको कामना गर्न अनुरोध गर्दछौं र परिवारको गोपनीयताको सम्मान गरिदिनुहोस् ।
यसअघि सोमबार धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री—राजनीतिज्ञ हेमा मालिनीले समेत सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्था बारे जानकारी दिँदै सबैलाई चाँडै निको होओस् भनी प्रार्थना गर्न अनुरोध गरेकी थिइन् । उनले लेखेकी थिइन्, धर्मजी अवलोकनका लागि अस्पतालमा हुनुहुन्छ। लगातार निगरानीमा राखिएको छ र हामी सबै उहाँसँगै छौ ं। उहाँको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरिदिनुहोस्।
सोमबार साँझ सनी देओल, बॉबी देओल, करण देओल र राजवीर देओललगायत परिवारका सदस्यहरू अस्पताल पुगेका थिए । साथै, सलमान खान, गोविन्दा, अमीषा पटेललगायत बलिउड कलाकारहरू पनि धर्मेन्द्रलाई भेट्न पुगेका छन् ।
धर्मेन्द्रले शोले, सीता और गीता, जुगनु, फूल और पत्थर, यादों की बारात, धर्म वीर लगायतका अनेक हिट चलचित्रमा अभिनय गर्दै बलिउडमा अमिट पहिचान बनाएका छन् ।
२०२३ मा उनी करन जोहर निर्देशित रक्की और रानी की प्रेम कहानीमा देखिएका थिए।
एएनआई
View : 62
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved