Biratnagar, Morang, Nepal
प्रदेश

प्रदेश सरकार

कोशी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन, १० मन्त्रीले लिए शपथ

-
अखवारका कुरा
२२ पुष २०८२, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारमा नियुक्त १० जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा मंगलबार आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नव नियुक्त मन्त्रीहरूलाई शपथ गराउनु भएको हो।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्।

सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ।

पुनर्गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट प्रदीप कुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन मन्त्री, मानबहादुर लिम्बु स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री तथा शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त हुनु भएको छ।

यस्तै नेकपा (एमाले)बाट तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून मन्त्री, विदुर कुमार लिंथेप आर्थिक मामिला तथा योजना मन्त्री तथा रामप्रसाद महतो सामाजिक विकास मन्त्रीमा नियुक्त हुनु भएको छ। आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी उमाकान्त गौतमले पाउनु भएको छ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रदेश सरकारको नीति कार्यान्वयन, सेवा प्रवाह तथा प्रशासनिक समन्वयलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

View : 53

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved