विराटनगर - विराटनगर- १०मा अवस्थित अर्किड कलेजले यस वर्ष एमबिबिएस र इन्जिनियरिङमा अत्यन्त प्रतिस्पर्धात्मक परिक्षामा छात्रवृत्तिमा नाम निकाल्दै विराटनगरको शैक्षिक पहिचानलाई नयाँ उचाइमा पुर्याएका ९ विद्यार्थीलाई आज विशेष सम्मान गरेको छ।
कलेज परिसरमा आयोजना गरिएको भव्य समारोहमा कलेजका अध्यक्ष अमित ढकाल, निर्देशक दिपेश बाँस्तोला सहित राजन दत्त र प्रिन्सिपल मनिष भट्टराईले उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र, खादा र नगदसहित सम्मान प्रदान गरे।
विराटनगरकै शैक्षिक केन्द्रको रूपमा स्थापित अर्किड कलेजले वर्षौ देखि मेडिकल र इन्जिनियरिङ्गमा उत्कृष्ट नतिजा दिँदै आएको छ। यस वर्ष समेत छात्रवृत्तिमा अर्किडका ९ विद्यार्थीको नाम प्रकाशित हुनु विराटनगरको शिक्षाको स्तर र कलेजको क्षमताको प्रमाण भएको कलेज प्रशासनको दावी छ।
सम्मानित विद्यार्थीहरूले अर्किडको अभ्यासमुखी अध्ययन, अनुभवी शिक्षक, टेक–मैत्री कक्षा र अनुशासित वातावरणकै कारण आफूहरू हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै छात्रवृत्ति सूचीमा पर्न सफल भएको बताए।
कार्यक्रममा बोल्दै निर्देशक दिपेश बाँस्तोलाले भने-
“विराटनगरमा गुणस्तरीय शिक्षाको पर्याय अर्किड कलेज बनिसकेको छ। हाम्रा विद्यार्थी वर्षेनी नि:शुल्क छात्रवृत्तिमा शीर्ष स्थानमा रहनु यो शहरको पनि गर्वको विषय हो।”
विराटनगरमा शिक्षा क्षेत्रमा अग्रणी मानिने अर्किड कलेजले विद्यार्थी र अभिभावक दुवैलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको थियो।
View : 333
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved