Biratnagar, Morang, Nepal
प्रदेश

स्काउट तालिम

नेपाल स्काउट कोशी प्रदेशका दिवस राजवंशी CALT तालिममा उत्कृष्ट हुँदै राष्ट्रिय साहयक प्रशिक्षक बन्न सफल

-
अखवारका कुरा
२० साउन २०८२, मङ्गलवार

Advertisement


नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले "Course for Assistant Leader Trainer (CALT)" को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार कोशी प्रदेश स्काउट कार्यालय, विराटनगरका दिवस राजवंशी मोरङले तालिममा उत्कृष्ट प्रदर्शन गर्दै सफलतापूर्वक सम्पन्न गरेका छन्।सो सगै उनी राष्ट्रिय साहयक प्रशिक्षक बनेका छन । 

स्काउटको नेतृत्व विकासका लागि महत्वपूर्ण मानिने CALT तालिममा सहभागी भई सफल भएका दिवस राजवंशीलाई नेपाला स्काउटले  बधाई दिदै भविष्यमा पनि स्काउट आन्दोलनको विकास र विस्तारमा अझ सक्रिय भएर योगदान दिने विश्वास व्यक्त गरेको छ । 

विराटनगरका राजवंशी २०४७मा नरग्राम मा वि ट्रुपमा आफ्नो स्काउट जीवन सुरुवात गरेका उनी सो अवधी देखि निरन्तर स्काउटमा सक्रिय छन । २०५५ मा मोरङ  रोबर रेन्जर क्र्युमा रहि रोबर तालिम लिइ ३ महिने सेवाकालिन तालीम सुकुना मा वि ट्रुप र जनता मा वि ट्रुप सुन्दर हरैचामा  , २०५५ मै स्काउट मास्टर , पोखरिया मा वि को सस्थापक  स्काउट मास्टर , २०६० मा एड्भान्स मास्टर बनेका उनी , पुर्वान्चल स्कुलका सस्थापक स्काउट मास्टर बनेका थिए ।साथै उनले  जिल्ला सामुदायिक बिकास आयुक्त भै कार्य गरेका छन ।  उनले सुर्य किरण ओपन स्काउट क्र्यु तत्कालीन विराटनगर ५ संचालन गरेका थिए । जेम्बोरी , जेम्बोरेट क्याम्पिङ लगायत विभिन्न कार्यक्रमहरुमा उनको सक्रिय सहभागी रहेको थियो ।  २०७२ मा राष्ट्रिय साहयक प्रशिक्षकको तालिम लिसके पश्चात् कोर्स पूरा गर्नका लागि उनले  २ वटा मास्टर तालिम र १ एड्भान्स मास्टर तालिम प्रदान गरेका छन । २०७२ को तालिमको नतिजा प्रकाशित गर्दै नेपाल स्काउटले उनलाई राष्ट्रिय साहयक प्रशिक्षकमा दिक्षित भएको घोषणा गरेको हो । 

उनले स्काउटको प्रतिष्ठित दिर्घ सेवा पदक समेत प्राप्त गरेका छन ।

View : 469

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved