काठमाडौं — विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रिने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले भदौ ११ गतेदेखि सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।
महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, राजनीतिक दलका शीर्ष नेता तथा संसदीय समितिका सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने र दुई घण्टा धर्ना बस्ने जनाएको छ। भदौ १३ गते सबै पालिकामा र १५ गते सबै जिल्लामा ध्यानाकर्षणपत्र बुझाइनेछ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भदौ २१ गते दोस्रो चरणको कडा आन्दोलनका कार्यक्रम सार्वजनिक हुने बताए। “यो आन्दोलन अघिल्लाभन्दा अझ दबाबपूर्ण हुनेछ,” उनले चेतावनी दिए।
सुवेदीका अनुसार विधेयकमा केही सकारात्मक विषय समेटिए पनि शिक्षक–कर्मचारीका मुख्य सरोकार उपेक्षित छन्। अघिल्ला सहमति कार्यान्वयन नभएको र कतिपय पालिकाले शिक्षकको सहमतिबिना अपायक सरुवा गरेको भन्दै महासंघले आपत्ति जनाएको छ।
बिहीबार मात्रै प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयक पारित गरेको थियो। विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले पनि असन्तुष्टि जनाएका छन्।
View : 127
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved